चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : पि.एफ.ए द्धारा पशुपतीको पोष्टमा १२ गोल

कैलाली, कात्तिक, १३ । सकडपुर बौनियाँ युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउँपालिकामा भैरहेको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल प्रतियोगितामा सोमबारबाट पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । 

सोमबार भएको पहिलो चरणको अन्तीम खेलमा प्रतियोगीताको दावेदार मानिएको पि.एफ.ए स्पोर्टस अत्तरीयाले पशुपति युवा क्लब रानीकुण्डा माथी १२ सुन्यको फराकिलो जीत दर्ता गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । 

पि.एफ.ए लाई फराकिलो अन्तरले जिताउने क्रममा बिसाल राई एक्लैले ह्याट्रीक सहित पाच गोल गर्दा अशोक चौधरीले समेत ह्याट्रीक सहित चार गोल गरेका थीय । यस्तै नरेन्द्र रावत, जनक देउवा र आसिष श्रेष्ठले टिमका लागी समान एक एक गोलको योगदान गरेका थिए । 

null

सोही खेलमा प्रतियोगिताकै पहिलो रातो कार्ड पशुपतीका टिम क्याप्टेन नीतीन टमट्टाले पाउँदा अन्य तीन जना खेलाडीले पहेलो कार्ड प्राप्त गरेका थिए । प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमहरुको सहभगिता रहेको छ । 

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रबद्धकमा बर्दगोरिया गाउँपालिका रहेको छ । भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्टृज रहेको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ । 

प्रतियोगिता अन्तर्गत मंगलबार दोश्रो चरणको पहिलो खेलमा जि.एच.आर.एफसी टिकापुर र सुदुरपश्चिम ११  प्रतिस्पर्धा गर्ने खेल संयोजक पुष्प भण्डारीले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *