आयआर्जन वृद्धीका लागि सिद्धीका चेपाङलाई मौरी सहितको घार वितरण

 

जेष्ठ ७, चितवन । चितवन सिद्धीका चेपाङहरुलाई आत्मनिर्भर वनाउने उदेश्यका साथ मंगलवार मौरीसहितको घार वितरण गरिएको छ । 

स्थानीय सरकारको रुपमा रहेको कालिका नगरपालिका र सिद्धीमा परियोजना संचालन गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले सयुक्त रुपमा मौरीको घार वितरण गरेको हो । सपना भिलेज सोसल इम्प्याक्टले तीन वर्ष अघि देखी प्रकृतीको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम नामक परियोजना संचालन गरिरहेको छ । 

null

सोही परियोजनाले यहाँका चेपाङहरुको सरसफाई, जीवनशैलीमा परिवर्तनमा गराउनुका साथै आयआर्जन वृद्धी गराउने गरि काम गरिरहेको छ । परियोजनाको ९ लाख र कालिका नगरपालिकाको ७ लाख रुपैया वजेटले पहिलो चरणमा १० जना चेपाङहरुलाई मौरीको घार वितरण गर्न लागिएको हो । 

तर मंगलवार ५ जनालाई मात्रै घार वितरण गरिएको छ । कालिका ११ मा आयोजित एक कार्यक्रमका बीच कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ,सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले मौरीको घार वितरण गरे । कालिका १० का प्रमिस चेपाङ,हिरालाल प्रजा,गोपीराम प्रजा,सुजन तामाङ र कािलका ११ किरण चेपाङलाई २०,२० वटा घार वितरण गरिएको कालिका नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए । 

२० वटा घार अनुदान प्राप्त गरेपनि थप १० घार भने स्वयम कृषकलेनै खरिद गर्नु पर्नेछ । पहिलो चरणमा वाँकी रहेका ५ जनालाई आगामी साता वितरण गरिने उनले वताए । कालिका नगरपालिका र सपना भिलेजबीच भएको सम्झौता अनुसार सिद्धीमा ६ सय वटा मौरीको घार वितरण गरिने छ । अनुदान पाएको २० घार कृषकले पुन फिर्ता गर्नु पर्नेछ । 

फिर्ता गरेको मौरीसहितको घार पुन सिद्धीकै कृषकलाई व्यवसायीक रुपमा पालन गर्न सहयोग गरिने सपना भिलेज सोसल इम्पयाक्टका अध्यक्ष धु्रव गिरीले वताए । मौरी घार वितरण कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले कृषकले लापरवाहीका कारण मौरीमा क्षती पुगे सम्वन्धीत कृषकसंग असुल उपर गरिने वताए । चेपाङको क्षेत्रमा धेरै लगानी भएपनि परिवर्तन हुन नसकेको उल्लेख गर्दै मेयर श्रेष्ठले चेपाङलाई व्यवसायिक वनाउन नगरपालिकाको लक्ष्य रहेको वताए । 

सिद्धीमा व्यवासयिक रुपमा मौरीपालन नभएपनि अन्यत्र जिल्लाबाट मौरी चरनका लागि ल्याउने गरिएको छ । सिद्धीबाट वार्षिक १ करोड रुपैया वरावरको मह उत्पादन हुँदै आएको छ । सिद्धीमा चिउरी पाईने भएकाले यहाँ मौरी चरनका लागि ल्याईने गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *