सानिमा इन्स्योरेन्सको नयाँ बीमा योजना ‘सानिमा जीवन श्री’ सुरु

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा जीवन श्री बीमा योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले सीमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ । 

बीमा शुल्क भुक्तानी अवधि ६, १०, १५ र १८ बर्ष कायम गरिएको छ । बीमा अवधि १०, १५, २० र २५ बर्ष निर्धारण गरिएको छ । 

यस योजना अन्तरगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी चिन्ता लिनु नपर्ने जनाएको छ ।सुरुमा नै पूूरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरिएको र जीवन बीमाको क्षेत्रमा यो राम्रो अवसर भएको कम्पनीको दाबी छ । 

null

बीमा समाप्ती मितिसम्म बीमित जीवीत रहेमा बीमालेखको शर्त अनुसार प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कको रु ७० का दरले पुरा बीमा अवधिको वोनस एक मुष्ट प्रदान गरिनेछ । 

बीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्था बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी वोनस समेत एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ । 

अधिकतम नेपालीहरुलाई आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यो योजना ल्याएको हो । देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी योजना ल्याएको सानिमाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *