४७ किलो चरेशसहित धादिङमा पक्राउ परे कैलालीका बोहरा

 

बैशाख २३, काठमाडौं । प्रहरीले एक किलो अफिम र ४७ किलो चरेशसहित धनगढीका एक जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका ४६ वर्षीय काल्चे बोहरालाई धादिङको गजुरीबाट नियन्त्रणमा लिएको हो । 

null

भारतीय नम्बर प्लेट डीएल ३ सिएडी ७०८१ नम्बरको गाडीमा लुकाई छिपाई तस्करी गरिरहेको अवस्थामा ९७८ ग्राम अफिम र ४७ किलो चरेशसहित बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनको साथबाट एक वटा सिमकार्ड, निलो रङको सामसुङ मोबाइल पनि प्रहरीले बरामद गरेको छ। 

उनलाई ‘लागुऔषध नियन्त्रण ऐन २०३३’ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *