‘सोच बदलौँ, भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौँ’

कात्तिक १८, काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले शुभ दिपावली तथा भाइटिकालाई लक्षित गर्दै ‘सोच बदलौँ…भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौँ’ योजना सार्वजनिक गरेको छ । 

ग्राहकका चाहना अनुरुप आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै आइरहेको यस बैंकले नेपालीहरुको महान् चाड दिपावलीलाई लक्षित गर्दै सो योजना सार्वजनिक गरेको हो । 

यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहकहरुले दिने दक्षिणास्वरुपको रकम बैंकको Mo-Bank बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकहरुले मात्र प्राप्त गर्न सक्ने छन् । 

null

बैंकले ग्राहकहरुलाई ‘सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भइ Mo-Bank बाट दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्त गर्न अनुरोध समेत गरेको छ । 

हाल बैंकले मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *