भारतीय विदशमन्त्री एस जयशंकर आईपुगे नेपाल

भाद्र ४, काठमाडौैँ । बुधबार मध्यान्हको समयमा भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आईपुगेका छन् ।  

पहिलो पटक नेपाल भ्रमणमा आएका  विदेशमन्त्री  जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।   

आज दिउँसाे १२ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री  जयशंकरलाई फुलको गुच्छा सहित  परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । 

null

नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकको लागि नेपाल आएका विदेशमन्त्री  जयशंकरकाे बैठक सुरु हुनु भन्दा अघी दिउँसो २ बजे  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।   

होटल याक एण्ड यतीमा आयोजना गरिएको  बुधबार र बिहीबार सम्म हुने यस बैठकमा आज दिउँसो ३ बजे  बिदेशमन्त्री  जयशंकर बैठकमा उपस्थित हुनेछन् ।   

परराष्ट्र मन्त्रालयले जनाए अनुसार दुई दिन सम्महुने यस बैठकमा बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत,संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *