दुई केजी चरेशसहित एक महिला पक्राउ

 

फागुन २०, काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगामा नियमित चेक जाँचको क्रममा २ किलो चरेशसहित एक महिला पक्राउ परेकी छन् । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी प्रमुख ज्ञानबहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको क्रममा २ किलो चरेशसहित ती महिलालाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ की गोपिनी खत्री रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए । 

धादिङ्गबाट काठमाडौँ आउँदै गरेको बा४ख ३६६३ नम्बरको टिपरलाई नागढुंगामा चेकजाँच गर्दा उनी पक्राउ परेकी हुन् । उनको साथबाट प्रहरीले अवैध लागुऔषध चरेस १ किलो ९ सय ७५ ग्राम बरामद गरेको छ । 

खत्रीलाई म्याद थप गरि आगुऔषध ऐन अन्तर्गत मुद्दा चलाईने महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *