निम्तो मान्न दिल्ली जाँदै प्रचण्ड

कात्तिक ८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली भारत जाँदै छन् । इण्डियन फाउण्डेसन‘ ले आयोजना गर्ने ‘पाँचौं इन्डिया आइडिया कन्क्लेभ–२०१८’ को उद्घाटनमा शुक्रबार बिहान उनी भारत जाने भएका हुन् । 

उनलाई सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवले विशेष रुपमा निम्तो पठाएका थिए । 

कन्क्लेभको उद्घाटन कार्यक्रममा उनीसँगै भारतका वाणिज्य, उद्योग तथा नागरिक उड्यनमन्त्री शुरेस प्रभु र भारतीय राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले सम्बोधन गर्ने छन्। 

null

पार्टी एकतापछि ने क पाका अध्यक्षका हैसियतले प्रचण्डको यो दोस्रो भारत भ्रमण हो। उनी शुक्रवारै स्वदेश फर्किने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *