डीपीएलः धनगढीको तेस्रो हार, विराटनगर २१ रनले विजयी

फागुन १, धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ । 

फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले २१ रनको जित हात पारेपछि सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले तेस्रो हार व्यहोरेको हो । यसअघि धनगढी काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरियासँग पराजित भएको थियो। 

पहिलो जित हात पारेको विराटनगर २ खेलबाट २ अंक जोड्दै चौथो स्थानमा छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसंग ५ विकेटले पराजित भएको थियो । 

null

विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको धनगढी ६ बल बाँकी छँदै ८२ रनमा समेटियो। धनगढीका लागि सन्दीप रिजालीले सर्वाधिक ३४ रन जोडे भने राजु रिजालले १५ रन जोडे । अन्यले दोहोरो अंक जोड्न सकेनन्। 

करण केसी र अभिनाश यादवले विराटनगरका लागि उत्कृष्ट बलिङ गरे। अभिनास यादवले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । करण र अभिनासले समान ४–४ विकेट लिए । कप्तान करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए । सुसन भारीले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । विराटनगरका अभिनास यादवले सर्वाधिक २७ रन जोड्दा कप्तान करण केसीले २१ रन बनाए । यस्तै आसिफ शेखले १२ रन जोड्दा संसद शेख ११ रनमा आउट भए । 

धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले ३–३ विकेट लिए । यस्तै सोमपालले ८, विपिनले १९ र रोबिन क्षेत्रीले २ विकेट लिए । 

हारसँगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *