‘अब जनताले नै संघियतालाई तिरस्कार गर्छन्’ चित्र बहादुर केसी
“
भाद्र २३, काठमाडौं । संघियता असफल हुँदै गएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब संघियतालाई जनताले नै तिरस्कार गर्ने दावि गरेका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्लाको पाँचौ जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले सानो मुलुकमा आवश्यक्ता नभएको अब जनताले प्रष्ट बुझेको बताए । जनप्रतिनिधिहरुले जनताका लागि राम्रा काम गर्न नसकेको र मुलुकको अर्थतन्त्र समेत कमजोर भएको अवस्थामा अब जनताले संघियता बहिस्कार गर्ने उनको तर्क छ । ‘हामीले बारम्बार संघियता हुँदैन भन्यौं, अब जनताले भन्ने छन् ।’–उनले भने– संघियता खारेज नभएसम्म हाम्रा मुद्धाहरु यथावत रहनेछन् ।’
केसीले सरकारले जनताको मत जितेर जनताको ढाड सेक्नेगरि कर बढाएको समेत आरोप लगाए । ‘जनतालाई महंगी दिएर सरकार तानाशाही भएको छ, जनजिविका र राष्ट्रियताका विषयमा दुई तिहाइको सरकार कमजोर भयो ।’ उनले भने ।
केसीले महङ्गी भ्रष्टाचार लगाएतका बिषयमा सरकारको ध्यानाकर्षण गराउन आफ्नो पार्टीले सधै विरोध गर्ने बताए । राष्ट्रियत%म गर्न विशेष काम गर्न सुझाए ।
सम0ेत केसीको आरोप थियो । मुलुकमा शुशासन कायम गर्न समेत पछि परेको सरकारलाई केसीले महंगी, भ्रष्ट्राचार शुसासन कायम गर्न विशेष काम गर्न सुझाए ।
सम्मेलनको उद्घाटनमा राष्ट्रिय जनमोर्चाका काठमाडौ जिल्ला अध्यक्ष लाल बहादुर थापाले देशमा संघियता नेपाली जनताका लागी महङ्गो सावित हुने भन्दै देश बिखण्डनतर्फ लम्कने जिकिर गरे ।
त्यसअघि शान्तिवाटीका बाट सुरु भएको र्याली बिभिन्न स्थान हुदै प्रज्ञा भवन कमलादी पुगी कार्यक्रममा परिणत भएको थियो ।