एन आई सी एशिया बैंक र WORLD REMIT बिच रेमिटेन्स सम्झौता

 

पुस २५, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले World Remit Ltd. सँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा World Remit Ltd.UK सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मंसिर २३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।  

उक्त सम्झौता अनुसार World Remit Ltd. मार्फत Qatar, Saudi Arabia, UAE, Kuwait, Japan, Canada, Australia, New Zealand, UK, USA र Europe लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । 

null

World Remit को ग्राहकहरुले एजेन्ट मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो माेवाइल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन् । यो सेवाले ग्राहकहरुको समय तथा पैसाको बचत हुनेछ । 

World Remit को न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने World Remit मार्फतका कारोवार वार्षिक १६०% ले वृद्घि भइरहेको छ । World Remit ले ग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै cash pickup तथा Bank transfer द्वारा पैसा पठाउने सेवा दिइरहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *