कञ्चनपुरकी दुई महिला माथि महिनावारी भएको बेला घरको बाटो हिंडेको भन्दै कुटपिट

माघ ५, धनगढी । महिनावारी भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर जिल्लाका दुई महिलामाथि कुटपिट भएको छ । 

जिल्लाको बेल्डाँडी गाउँपालिका १ की ३१ वर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि स्थानीय दलबहादुर शाहले कुटपिट गरेका छन् ।   

महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय शाहले शुक्रबार कुटपिट गरेको पीडित महिलाका आफन्तले बताएका छन् । 

null

इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार कुटपिटबाट घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको छ । कुटपिटमा संलग्न दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

कुटपिटबाट घाइते महिलालाई धनगढीस्थित नोभा हस्पिटलमा उपचार भई घर फर्किसकेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *