अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

 

जेठ ७, काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । 

नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त अभियानले यस्तो अपिल गरेको हो । 

null

 

कार्यक्रममा बोल्दै ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे । सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ । 

त्यस्तै, कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्कता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाईन् । 

सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ । 

नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभुति पनि नभएको भन्दै उनले नर्सहरुमाथि अत्याचार कायमनै रहेको पनि गुनासो पोखिन् । सरकारले देशभरिका नर्सहरुको हकहित र भोग्दै आएका समस्याहरुको सम्बोधन हुनेगरि जारी गरेका मागहरु लागु हुनुपर्ने उनको धारणा छ । 

त्यस्तै, नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टार्फ नर्सले गर्ने व्यवहार भोग्दै आइरहेको बताईन् । जारी आन्दोलन नर्सिङ सेवा क्षेत्रभित्र रहेका समस्याहरुको आवाजको रुपमा रहेका बताउदै उनले नर्सिङ पेशालाई मर्यादित बनाउन माग गरिन् । 

त्यस्तै कार्यक्रममा बोल्दै नर्स सिमा धतान बिश्वकर्माले अनशनरत नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको माग राखिन । अहिले नेपालमा नर्सहरुमाथि अन्याय भएको बताउँदै उनले आफुहरु अत्याचारको शिकार भएको र सदाचारको मार्ग खोजिदिन आग्रह गरिन् । नर्सहरुलाई हरेक प्रकारको शोषण गरिएको भन्दै उनले नर्सलाई स्वास्थ सेवा प्रणालीको मेरुदण्डको रुपमा हेर्नपनि आग्रह गरिन् । 

त्यस्तै, कार्यक्रममा बोल्दै नर्स कविता आचार्यले आफुहरुको पीडा पोख्नकै लागि सडकमा आउनुुपरेको जानकारी गराईन् । कार्यस्थलमा हुनुपर्ने सुरक्षालगायत आफ्ना समस्यामाथि ध्यान नपुर्याएको बताउँदै आफुहरुलाई नागरिकको रुपमा हेर्न आवश्यक रहेको उनको भनाई छ । 

कार्यक्रममा बोल्दै अर्की नर्स सम्झना डङगोलले अनसनरत नर्सहरुको जीवन रक्षामा ध्यान दिन आग्रह गरेकी छिन् । स्वास्थ क्षेत्रसंग सम्बन्धित सम्पुर्ण कर्मचारीको हकअधिकारको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिईन् । 

उनले भनिन्,‘अनशनरत डिकी शेर्पाको स्वास्थ्य अवस्था एकदमै कमजोर छ, अहिले अस्पतालको अति सघन कक्षमा उपचार भईरहेको छ । अनसनरत दुबैका जायज मागहरु कार्यान्वयनको लागि म यही मञ्चबाट आग्रह गर्न चाहन्छु ।’ 

त्यस्तै कार्यक्रममा बोल्दै अभियानककी अभियन्ता रोशा श्रेष्ठले नेपालमा अहिलेपनि महिलाहरुले आर्थिक तथा समाजिक रुपमा पीडा भोगीरहेको धारणा राखिन् । नर्सहरुमाथि रहेका नीति तथा नियमहरु परिवर्तन हुन आवश्यक रहको बताउँदै उनले अहिले देशभर ८५ हजार नर्सहरु अनशन भन्दापनि ठुलो पीडामा रहेको जानकारी गराईन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *