नेपाली नायिका भारतिय म्यूजीक भिडियोमा छाउँदै (भिडियो सहीत)

साउन १२, काठमाडौं । नेपाली कलाकारहरुको लागि बलिवुडमा प्रवेश गर्न पाउन, भारतीय गीत संगीतमा मोडलीङ गर्नु ठूलो सपना हुन्छ । औंलामा गन्न सकिने केही नेपाली कलाकारले मात्र बलीउडमा ठाउँ पाएका छन् , पाएर पनि त्यहाँ स्थान लिन सक्नु, जम्नु फलामको चिउरा चपाउनु सरह भएतापनि अवसर खोज्ने नेपालीहरुको कमी भने छैन।

हालै नायक अनमोल केसी अभिनित फिल्म ‘कृ’ मा मुख्य भूमिका निर्वाह गरिरहेकी नायिका आदिती बुढाथोकीले भने भारतीय म्यूजिक भिडियोको गीतमा अभिनय गर्ने त्यो अवसर पाएकी छन्,जुन अहिले सार्वजनिक भएको छ । केही वर्षदेखि भारतमा बसेर म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी अदितीले गएको वर्ष भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका तीन वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता समेत गरेकी थिइन् ।

गल गोरिए बोलको उक्त गीतमा पञ्जाबी गायक मनिन्दर बुट्टरको स्वर सुन्न सकिन्छ । गीतमा आदितीको सुन्दरताको तारिफ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *