रत्ननगर महोत्सव र फुड फेस्टिबलको अबधि दुई दिन थपियो

चितवन, ४ माघ । चितवनको रत्ननगरमा जारी १० औं रत्ननगर महोत्सवको समय अबधि दुई दिन थप गरिएको छ । बर्षाका कारण शुक्रवार महोत्सव प्रभावित भएपछि समयाबधि बढाइएको हो ।   

गत पुस २५ बाट सुरु भएर माघ ७ गते सम्मलाई तोकिएको महोत्सवको अबधि माघ ८ र ९ गतेका लागि थपिएको महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । दर्शक र प्रर्दशकको आग्रहमा महोत्सवको समयाबधि थपिएको अध्यक्ष रेग्मीले बताए ।   

रत्ननगर महोत्सव अबलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको र दर्शक तथा प्रदर्शकको चाहना बमोजिक अबधि बढाएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवको अवसरमै रत्ननगर १ सौराहाचोकमा जारी चिकेन एण्ड एग फुड फेष्टिवलको समयाबधि पनि बढाइएको छ । 

पुस २९ गतेबाट माघ ४ गते सम्म तोकिएको फेष्टिवलको अबधि माघ ५ र ६ गते दुई दिन बढाइएको फेष्टिवलका संयोजक ज्ञानबहादुर विसुरालले बताए । महोत्सवमा जीप लाईन,जंगल सफारी,सेल्फी डाँडा सहित ५२१ व्यवसायिक स्टल तथा बालउद्यान रहेको संघका महासचिव निराजन खनालले जानकारी दिए ।   

महोत्सवको अबसर पारेर जनप्रतिनिधि र महोत्सवको स्टेरिङ कमिटी बीच डोरी तान्ने प्रतियोगिता र पूर्वी चितवन स्तरीय व्याडमिन्टन प्रतियोगिता तथा पत्रकार र महोत्सवको स्टेरिङ कमिटी बीच कबडी प्रतियोगिता माघ ६ गते आयोजना गरिएको खेलकुद व्यवस्थापन समितिका संयोजक दिनेश कट्टेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *