कमेडीले भरिपूर्ण ‘चौका दाउ’ ट्रेलर सार्वजनिक (भिडियो सहित)

 

मंसिर २७, काठमाडौँ । कमेडीले भरिपूर्ण नेपाली फिल्म ‘चौका दाउ’ को ट्रेलर हिजो काठमाडौँमा एक कार्यक्रमका बिच कलाकार सहित निर्माण टिमको उपस्थितिमा सार्वजनिक गरिएको छ । 

पुर्नेन्दु झा ले निर्देशक गरेको यस फिल्ममा ४ पाका उमेरका व्यक्तिहरु एक यवतीको प्रेममा पर्दा के–के समस्याहरु आई पर्दछ त्यो चित्रण गरिएको छ । सार्वजनिक ट्रेलरमा निकै नै कमिडियन दृश्यहरु समावेश गरिएको छ । 

null

यस फिल्ममा मुख्य कलाकार बर्षा राउत, रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको भरपुर कमेडी हेर्न पाईनेछ । नायिका बर्षा राउतलाई आफ्नो स्वार्थका लागि पाका उमेरका पुरुषलाई फसाउने पात्रको रुपमा देखार्इएकाे छ यस  फिल्ममा उनी ‘उवर्शी’ को नामले परिचित छिन्र। 

उक्त चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रमा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीको निर्माण छ । 

यस फिल्मले दर्शकलाई भरिपुर मनोरञ्जन दिने फिल्मका संगीतकार तथा प्रस्तुतकर्ता शम्भुजित बास्कोटाले बताएका छन् । ‘चौका दाउ’ प्रदर्शन मिति भने पौष २७ गते तय भएको छ । 

भिडियो हेनुहोस् 

https://youtu.be/nYcMlFlLkl8 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *