रणवीरसँग झगडा भएको भन्ने खबरमा आलियाको आयो यस्तो प्रतिक्रिया

फागुन ५ । प्रेमी रणवीर कपुरसँग विवाद भएको भन्ने कुरामा आलिया भट्ले प्रतिक्रिया जनाएकी छन्। आलिया र रणवीरको झगडा परेको जस्तो देखिने भिडियो अनलाइनमा सार्वजनिक भएपछि दुबैबिच झगडा परेको खबर सार्वजनिक भएको थियो। 

 

आलियाले झगडा परेको भनिएको दिनमा आफूले ‘भ्यालेन्टाइन’ मनाइरहेको भनेर प्रतिक्रिया दिएको छिन्। ‘म वास्तवमै त्यो दिन भ्यालेन्टाइन मनइरहेको थिए’, आलियाले भनिन्, ‘म गली व्वाईको प्रचारमा रहेकोले म ढिलो सुतेको थिए र ढिला उठें। उठ्दाखेरी मलाई पन्छाइनसक्नु म्यासेजहरू आइसकेका थिए जसमा मेरो सिनेमाको लागि शुभकामना, भ्यालेन्टाइन म्यासेज र केहि अन्जान व्यक्तिहरूले पठाएका विवाह प्रस्तावका संदेशहरू पनि थिए।’ 

null

सार्वजनिक सो भिडियोमा दुबैजना ‘गली व्वाई’को विशेष प्रदर्शनीमा जाँदैगर्दा कारभित्र विवाद गरिरहेको जस्तो भिडियोमा देखिएको थियो। 

विवाद भएको हल्ला चलेपछि रणविरका व्यक्तिगत सेफले दुबैजनाले भ्यालेन्टाइन डिनर गरिरहेको फोटो सार्वजनिक गरेका थिए। 

 

आलिया अभिनित ‘गली व्वाई’ हाल प्रदर्शनरत: छ। सिनेमाले कमाइ र समिक्षा दुबै राम्रो बटुलिरहेको छ। 

रणविर कपुर र आलिया एकअर्काको प्रेममा भएपनि उनीहरू हालसम्म पर्दामा एकसाथ आएका छैनन्। छिट्टै उनीहरूका फ्यानहरूको सो इच्छा आयन मुखर्जीको ‘ब्राम्हास्त्र’बाट पूरा हुँदैछ। सिनेमा यसै वर्षको डिसेम्बरमा रिलिज हुनेछ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *