काठमाडौँमा देउसीभैलो राति १० बजेसम्म मात्रै

कात्तिक २०, काठमाडौँ । राजधानीमा तिहारलाई लक्षित गर्दै प्रहरी प्रशासनले शान्ति सुरक्षामा कडाइ गर्ने भएको छ । प्रशासनले यो वर्ष देउसीभैलोका लागि पनि निश्चित समय ताेकिएकाे छ । 

दिपावलीको समयमा अपराधिक घट्नाहरुः झैझगडा, चोरी डकैति बढ्न सक्ने हुनाले प्रहरीले उपत्यकाका सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै देउसी भैलो राति १० बजे सम्मका लागि मात्रै खेल्न दिइने भएको हो । 

कुनै पनि अप्रिय घट्ना नघटोस् भनेर देउसी भैलो जस्ता साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नेहरुको लागि निश्चित समयसिमा तोकेर विभिन्न स्थानमा सक्रिय रुपमा प्रहरी परिचालन गरिएको एसएसपी पुजा सिहंले बताइन् । 

null

चाडबाडलाई लक्षित गरेर सुरक्षा व्यवस्थापनका लागि ३५०० प्रहरी परिचालन गरिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *