नेकपा सांसदको डेरामा दिउँसै चोरी

कार्तिक १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद राजेन्द्र गौतमको कोठामा दिउँसै चोरी भएको छ ।   

संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित डेरामा बुधबार दिउँसो चोरी भएको हो । 

आफू सिंहदरबार र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको सांसद गौतमले जानकारी दिए ।   

Image result for चाेरी

नगद र सुन चाँदी गरेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। उनका अनुसार चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको छ ।   

गौतम नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *