मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीलाई नागरिक अभिनन्दन गरिने

 

बैशाख २०, विराटनगर । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई नेपाल आदिवासी जनजाति महासङ्घ मोरङले नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ । 

महासङ्घ मोरङका अध्यक्ष मिलनकुमार राईले यही वैशाख २० र २१ मोरङको गछियामा हुने चौथो जिल्ला अधिवेशनको समापनको अवसरमा अभिन्नदन गर्ने जानकारी दिए । 

null

मोरङ जिल्लामा २९ आदिवासी जनजाति समुदायको बसोबास रहे पनि २० जातिय समुदायको १७ स्थानीय निकायमा महासङ्घको सङ्गठन रहेको छ । 

महासङ्घले आदिवासी जनजातिका राष्ट्रिय पर्व यथावत राख्नुपर्ने जनजाति आयोगका लागि सम्पन्न बनाउनुपर्ने, संविधान संशोधन गरी सबैको बनाउनुपर्ने र पहिचानको आधारमा प्रदेशको नामाङ्कन र सिमाङ्कन हुनुपर्ने र स्थायी राजधानी सबैलाई सहज पहुँच हुने मध्यभागमा राख्नुपर्ने अधिवेशनमा मुख्य मुद्दा हुने पत्रकार सम्मेलनमा जनाइयो । 

अधिवेशनले सहमतिको आधारमा नेतृत्व चयन गर्ने र रु ११ लाख सम्पन्न गर्न खर्च लाग्ने अनुमान गरिएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *