तीज म्युजिक अवार्ड ‘पाँचौ संस्करण’ सम्पन्न (बिजेता नामावलिसहित)
“
काठमाडौं, भदौ २६ । नेपाली गीत संगीतको दुनियामा एकमात्र तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । छायाँछवि क्रियसनको प्रस्तुतीमा हरेकबर्ष हुदै आएको तीज म्युजिक अवार्डको पाँचौ संस्करण हिजो भव्यरुपमा सम्पन्न भएको छ।
छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्डमा ३१ विधामा अवार्ड वितरण गरियो। ७ विविध विधान अन्य अवार्ड प्रदान गरिएको थियो ।
उत्कृष्ट तीज गायिकाको अवार्ड सहिमा क्षेष्ठले प्राप्त गरिन्। त्यस्तै मञ्जू पौडेलले ‘माइतीको आँगन’बाट उत्कृष्ट तीज गीतको अवार्ड प्राप्त गरिन्। नारी रंग पत्रकारिता पुरस्कारबाट प्रत्रकार एवंम मोडल जयन सुब्बा मानन्धरलाई सम्मान गरियो।
यी हुन् अवार्ड चुम्न सफल बिजेता कलाकारहरु
उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ – श्यामश्वेत रसाइली : धनगढी थर्काउने
उत्कृष्ट तीज गीत एरेञ्जर – सुदिप सागर : स्वामी ज्यू
उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर – सुदीप सागर : स्वामी ज्यू
उत्कृष्ट तीज गीत मिक्सिङ – कुमार राना मगर : माइती देश सम्झेर
उत्कृष्ट तीज दोहोरी नव-गायक – राम गोपाली : भदौरे झरी
उत्कृष्ट तीज दोहोरी नव–गायिका – अमृता श्रीपाल : खैनीले
उत्कृष्ट तीज गीत नव-गायिका – बीना भट्टराई : स्वामी ज्यू
उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष) – निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ
उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला) – आरुषी मगर : चुरीया छइ छइ
उत्कृष्ट तीज गीत मोडल – दीपाशा विसी : कति राम्रो
उत्कृष्ट तीज गीत छायाँकार – करण चैसीर : जान्न फर्केर
उत्कृष्ट तीज गीत सम्पादक – वीरेन्द्र भाट विपीन : यतै घमाइलो
उत्कृष्ट तीज गीत युगल मोडल – दीपाशा विसी र टीका जैशी : माइती देश सम्झेर
उत्कृष्ट तीज गीत नृत्य निर्देशक – नारायण रिजाल : पाइन्ट लगाउ की सारी
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक – राजीव बलामी : छड्के तिलहरी
उत्कृष्ट तीज गीत भिडियो निर्देशक – विक्रम चौहान : दिदी बहिनी
उत्कृष्ट तीज दोहोरी गीत शब्द – शिव हमाल : छम्म छम्म
उत्कृष्ट तीज गीत शब्द – कस्तुप पन्त : चेलीको आँशु
उत्कृष्ट तीज दोहोरी गीत लय – रामु खड्का : भदौरे झरी
उत्कृष्ट तीज गीत लय – हरि विष्ट : माइती देश सम्झेर
उत्कृष्ट तीज युगल नव गायन – इन्दिरा रजकरअनीता कुँवर : दीदी बहिनी
उत्कृष्ट तीज गीत गायन मोफसल – कल्पना कुसुम : संगीनी
उत्कृष्ट तीज सामाजिक गीत – धर्मराज गिरी : नौ डाँडा पारी
उत्कृष्ट तीज युगल गीत – लीला कुवंर र चन्द्रा चलाउने : सौता-२
उत्कृष्ट तीज दोहोरी गीत कपनी – गोरखा चौतारी म्युजिक प्रा.लि.
उत्कृष्ट तीज गीत कम्पनी – रक्षा म्युजिक प्रा.लि.
उत्कृष्ट तीज दोहोरी गीत गायक – अमृत खाती : बाँचौ घुमी घुमी
उत्कृष्ट तीज दोहोरी गीत गायिका – उमा श्रेष्ठ : भाइरल
उत्कृष्ट तीज गायिका – सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
उत्कृष्ट तीज दोहोरी गीत – छड्के तिलहरी : जमुना आचार्य र गोकर्ण राना मगर
उत्कृष्ट तीज गीत – माइतीको आँगन : मञ्जु पौडेल
अवार्ड कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, निर्मल शर्मा, निर्देशक/सिनिमेटोग्राफर सबनम मुखिया, अभिनेत्रीहरु भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुषाल लगायत अन्य उपस्थित थिए।”