‘सभामुख महाराको भूमिका नै आपत्तिजनक’: भट्टराई
असार ३०, काठमाडौं । जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका सांसद विशाल भट्टराईले गुनासो पोखेका छन् ।
क्लवका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खोटाङबाट निर्वाचित नेकपाका सांसद भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखेका हुन् ।
null
उनले भने,‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । सवारी आवातजावत अवरुद्ध छन् । जनताको आवासमा ठूलो क्षति पुगेको छ ।तर, यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित् गरियो । हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’
भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले भने,‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो घोर आपत्ति छ । यो खेदजन्य कुरा हो । यथाशिघ्र बैठक बोलाउनुपर्छ ।
संसदलाई बन्धक बनाउनुहुँदैन् ।’ उनले सबै दलहरुबीच सहमति र एकता कायम गरेर संसद सुचारु गर्नुपर्नेमा जोड दिए । उनले खोटाङमा तीन जनाको निधन भएको र एक जना घाईते भएको सुनाए । बाढि, पहिरोका कारण खोटाङमा एक किलोमिटर पनि आवातजावात हुन नसकेको भट्टराईले सुनाए ।