जनकपुरधाममा पैसा छरेर फरार रहेका दुई महिला पक्राउ
मकालु खबर
२०७७ वैशाख ६ गते
जनकपुरधाम । शुक्रबार जनकपुर धामको महावीर चोकमा रुपैयाँ छरेर फरार रहेका दुई महिला पक्रा परेका छन् । उनीहरु दुबै जना जनकपुरधाम-७ सिथत आफ्नै निवासबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले बताए ।
पक्राउ परेका आमुना खातुन र अलिना खातुन नातामा दुबै नन्दभाउजु रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर फरार भएका थिए । उनीहरुले छरेको पैसा कोरोना संक्रमणको आाशंकामा शुक्रबार नै परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।
उनीहरुले पैसा किन छरेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७७ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित