लकडाउनको अवज्ञा गर्नेविरुद्ध कडाई गर्दै प्रहरी, बिहानै १०५ जना नियन्त्रणमा

चैत्र १६, चितवन । लकडाउनको समय सकिनै लाग्दा चितवनमा प्रहरी झनै कडा रुपमा प्रस्तुत हुँदै गएको छ । बिहानदेखि बेलुकासम्म प्रहरी सडकमै बसेर बाहिर निस्कने सवारी साधन र बटुवाहरुलाई नियन्त्रणमा लिईरहेको छ । 

अघिल्ला दिनहरुमा सवारी नियन्त्रणमा लिएर बेलुका छाड्ने गरेपनि नयाँ नीति अनुसार त्यस्ता सवारीका चालकहरुलाई बेलुकासम्म होल्ड गराउन सुरु गरेको हो ।  पूर्वी चितवनमा बिहान ७ बजेदेखि १० बजेसम्म १ सय ५ जनालाई नियन्त्रणमा लिएको छ भने १२ वटा मोटरसाईकल र एक वटा स्कुटर नियन्त्रणमा लिईको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय खैरहनीले ५६ जना पुरुष र १२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बताए । नियन्त्रणमा रहेकाहरुलाई सुनगाभा स्कुलमा राखिएको र उनीहरुलाई वेलुका मात्रै छाड्ने मगरले जानकारी दिए ।  

उता इलाका प्रहरी कार्यालय टाँडीले ४९ जना लाई नियन्त्रणमा लिएको छ । जसमा एक जना महिला पनि छन् । टाँडीबाट एक वटा स्कुटर नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखरकुमार शाहले बताए । उनीहरुलाई पनि बेलुकानै छाडिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *