पत्रकार पुडासैनी मृत्यु प्रकरणः भिडियोमा भएको आवाज कस्को ? भन्ने पत्ता लाग्यो (भिडियोसहित)

भदौ ३, चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्याअघि सार्वजनिक भएको भिडियोले देशको माहोल नै ततायो । भिडियोमा भएको विभिन्न फरक–फरक दृश्य र आवजले वास्तविकता के हो भन्ने कुराले धरैलाई खुल्दुली बनायो ।   

भिडियोमा केहीबेरअघि नदेखिएको सिरानी केहीबेरपछिको भिडियोमा देखिनु र किन ? भन्ने शब्द सुनिनुले शालिकरामको आत्महत्या नभई हत्या भएको भन्ने धरैले अडकलबाजी गरेका छन् । भिडियो हेरेपछि अरु नै कसैले जबरजस्ती भिडियो खिच्न लगाएर उनको हत्या गरिएको भन्ने अनुमान कतिपय मानिसहरुले लगाइरहँदा वास्तविकताबारे अनुसन्धान भने भइरहेको छ ।   

अनुसन्धान कै क्रममा भिडियोमा भएको आवाज भने शालिकराम पुडासैनी कै भएको खुल्न आएको छ । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको बताइएको छ ।   

पुडासैनीले आत्महत्याअघि आफ्नै मोबाइलमा भिडियो रेकर्ड गरेको र लामो र छटा गरी ५ ओटा भिडियो उनको मोबाइलमा रहेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । उनका अनुसार फरकफरक भिडियो भएकाले उनको आवज पनि फरक सुनिएको हो ।  

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो ती सबै भिडियो जोडेर बनाइएकाले एउटै भिडियोमा फरकफरक दृश्य रहेको अनुसन्धानबाट पुष्टि भएको ती अधिकारीले बताए ।  भिडियोमा पुडासैनीको आवज फरकफरक सुनिएको छ । साथै केही समयअघि नदेखिएको सिरानी केही समयपछि देखिएको छ भने हाउभाउ पनि फरक देखिन्छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *