प्रदेश ३ को राजधानी तत्काल तोकिँदैन: मुख्यमन्त्री पौडेल

 

मंसिर २६, काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् । 

रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले यस्ताे बताएका हुन् । उनले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताए । 

null

‘करीब दश महीनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन्’, उनले भने, ‘हामीलाई कानूनको अभाव थियो । कानून नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानून बनाउनको लागि प्राथमिकता दिएका थियौँ ।’ 

मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रीय सरकारसँग मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानून भएकाे बताए । साझा अधिकारका केही कानून पहिला केन्द्रले बनाउनुपर्नेमा जोड दिँदै उनले अहिले प्रदेश प्रहरी ऐन, भूमिसम्बन्धी ऐनलगायत केही कानून केन्द्रले बनाउनुपर्ने बताए । 

कानूनको समस्याले गर्दा कर्मचारी भर्ना गर्न नपाइएका र करारमा पनि कर्मचारी राख्न पाउने व्यवस्था नभएका कारण कार्य सम्पादनमा ढिलासुस्ती भएको  स्वीकारे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *