प्रचण्डमाथि जुत्ता हान्ने तिरुवाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी

फागुन १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवालाई अभद्र व्यवहारमा म्याद थप गर्ने तयारी भएको छ।   

जुम्ला सिन्जाका २२ वर्षीय युवा रतन तिरुवाले आइतबार राष्ट्रिय सभागृहमा  प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए। उनले प्रचण्डले गरेको भाषण आफुलाई चित्त नबुझेर जुत्ता प्रहार गरेको बताएका थिए । घटना लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।   

घटनाको छानविन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको र सोमबार अदालतमा म्याद थप गर्ने तयारी गरेको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ। 

अनुसन्धानका लागि प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति बनाएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोख्रेलले जानकारी दिए। 

समितिमा प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी र सिंहदरबार वृत्तका प्रहरी निरीक्षक युवराज तिमल्सिना रहेका छन्। 

पक्राउ परेका तिरुवालाई महानगरीय प्रहरी वृत्त संहदरबारमा राखिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *