हवाई कारबाहीमा महिला र बालबालिका सहित ४३ सर्वसाधारणको मृत्यु

सिरिया, १२ साउन । इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ ।

सिरियाको पूर्वी प्रान्त देइर अल जोउरमा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार महिलाको मृत्यु भएको सो अधिकारवादी संस्थाले जानकारी दिएको छ ।

त्यसैगरी उत्तरी सहर राक्कामा बुधबार नै भएको अर्को हवाई आक्रमणमा कम्ती २९ व्यक्तिको मृत्यु भएको थियो । यी हवाई आक्रमणहरु अमेरिका आवद्ध थियो या रुस सो भन्ने बारेमा केही स्पष्ट भएको छैन । रासस÷सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *