झलारीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं, १४ जेठ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंकले कञ्चलनपर शुक्लाफाँटा नगरपालिका वडा नं १०, झलारीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

 

बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले एक समारोहका विच बैंकको झलारी शाखा कार्यालय समुद्घाटन गरेका थिए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

null

 

कार्यक्रमका प्रमुख अतिथी शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस झलारी शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए । 

 

हिजोदेखि सञ्चालनमा आएको बैंकको झलारी शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *