चिसिएको मौसममा मोडलले तताए विराट एक्स्पो

 

पुस ११ विराटनगर । प्रदेश १ कै सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा ८ करोडभन्दा बढीको कारोबार भएको छ । व्यापारिक कारोवारसँगै मेलामा सांगितिक, सांस्कृतिक लगायत मनोरञ्जनात्मक कार्यक्रममा पनि दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ । 

हरेक दिन साँझ मेलामा मनोरञ्जनात्मक कार्यक्रम हुँदै आएको छ । मेलामा तीन दिन फेसन शोको कार्यक्रम निर्धारण गरिएकोमा पहिलो दिनको फेशन शो हेर्न सामेबार सयौँ दर्शकहरु मेला आयोजनास्थल पुगेका थिए । 

null

मञ्जिना मुभिज क्रियशनले व्यवस्थापनको जिम्मा लिएको फेशन शोमा प्रदेश १ का विभिन्न जिल्लाका २२ जना मोडलहरुले आआफनो प्रस्तुति दिएका थिए । पुसमा साँझ परेपछि झनै चिसिएको मेलाको मौसमलाई उनीहरुले तताएका थिए । स्टेजमा मोडलहरुको वाक चलिरहँदा दर्शकको हुटिङले मेलास्थल थप रंगिन बनेको शो हेर्न पुगेका दर्शकहरुले बताएका छन् । 

मेलामा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुुति दिँदै आएका छन् । मंगलबार मेलामा चर्चित गायिका इन्दिरा जोशी गायक गिरिश खतिवडा तथा स्थानीय नृत्यागंना निलम ढुंगानाको बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ । 

९ दिने मेलामा साढे २ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *