अल्छी व्यक्तिको लागि क्यानाडामा यस्तो जागिर खुल्यो
पुस ११ । प्रायस् जागिर दिने कम्पनीले परिश्रमी, क्षमतावान्, सीप भएका मानिसहरूलाई प्राथमिकता दिन्छन्, जो अल्छी छ उसले जागिर पाउन गाह्रो हुन्छ ।
तर यो संसारमा अल्छीका लागि समेत अवसर रहेछ । क्यानाडाको एक कम्पनीले अल्छी मानिसहरूका लागि मात्र भन्दै एउटा जागिर खोलेको छ ।
null
क्यानाडाको सरेस्थित एक थिम पार्क कम्पनीले प्रकाशित गरेको जागिरको विज्ञापनले अहिले सबैको ध्यान तानेको छ । कम्पनीले प्रकाशित गरेको विज्ञापन अनुसार उक्त जागिरमा केवल अल्छी मानिसले मात्र दरखास्त हाल्न पाउनेछन् ।
कम्पनीको नियमअनुसार थिम पार्कमा एक जना कर्मचारी भर्ना गरिँदैछ जो अल्छी हुनु आवश्यक छ । वास्तवमा कामको प्रकृति नै त्यस्तै छ ।
उक्त कर्मचारीको काम नै पान्डाजस्तै देखिने पोसाक लगाएर दिनभर थिम पार्कमा बसिरहनु हो । जागिर खान चाहने मानिस वन्यजन्तुप्रेमी पनि हुनुपर्नेछ । एजेन्सी