काउण्टर पोइण्टको घोषणाः ओपो प्रिमियम स्मार्टफोन मध्यकै अग्रणी

असोज २९, काठमाडौं । बजार अनुसन्धानफर्म काउण्टर पोइण्टले ओपोलाई लोवर प्रिमियम सेग्मेण्टमा स्मार्टफोन ब्राण्ड मध्यकै अग्रणी घोषित गरेको छ । संतृप्तबजार र व्यापक प्रतिस्पर्धाबीच ओपोले पाइरहेको सफलतालाई नतिजाले प्रमाणित गरिदिएको छ । 

घरेलु बजार चीनबाट मात्रै ९५५ फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसँग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्तामार्फत् बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट छ । ‘नेपाली उपभोक्ता माझ हाम्रा उत्पादनको लोकप्रियता तथा चाहना बढ्दै गइरहेको छ । हाम्रा सेवा तथा उत्पादनका लागि प्राप्त निरन्तर माया, सहयोग र सद्भावका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरण देखि ओपो एफनाइन जस्ता उच्च रेञ्जका स्टेट अफ आर्ट टेक्नोलोजी सहितको उत्पादन पोर्ट फोलियो मार्फत सर्वोत्कृष्ट प्रविधि, डिजाइन र प्रयोग अनुभव प्रदान गर्दै उपभोक्ताका हरेक आवश्यकता र चाहना पुरा गर्नहाम्रो ब्राण्ड सधैँ प्रतिबद्ध छ ।’ 

काउण्टरपोइण्ट रिपोर्टले हाई एण्ड प्रडक्ट शिपमेन्ट अन्तर्गत सन् २०१८ को दोस्रो त्रैमासमा ग्लोबल हाई एण्ड स्मार्टफोन बजार ७५ ले बढेको निश्कर्ष निकालेको छ । समग्र प्रिमियम स्मार्टफोन बजार मध्यओपोले १०५ हिस्सा ओगटेको छ भने ४४०० देखि ६०० मूल्य पर्ने सेग्मेण्टमा २२५ बजार हिस्सा सहित ओपो पहिलो स्थानमा छ भने एप्पल, सामसुङ, हुआवे, साओमी लगायतले पछ्याइरहेका छन् । 

null

अत्यधिक महत्वपूर्ण चिनियाहाई एण्ड स्मार्टफोन बजारमा भने एप्पल पहिलो स्थानमा र ओपो दोस्रो स्थानमा छ । चिनियाँ स्मार्टफोन निर्माताहरुले यस वर्ष आफ्ना फ्ल्यागशिप मोडलहरु परिस्कृत गरेका छन् भने ओपो तीमध्ये सर्वाधिक अग्र पंक्तिमा देखिन्छ । 

केही समय अगाडी मात्र सार्वजनिक गरिएको फाइन्ड एक्स, सफलतापूर्वक आयोजित प्यारिस लञ्चपछि उपभोक्ताका साथै मिडिया मार्फत् समेत अत्यधिक मात्रामा वाहवाही बटुल्न सफल रह्यो । मेटालिक कलर्स र ग्लास ग्राडियण्ट मार्फत् समग्र उद्योगमै धमाका मच्चाउन सफल कम्पनीको आर सिरिजको पनि यसमा महत्वपूर्ण योगदान रहेको देखिन्छ । 

सन् २०१८ मा मात्र पनि ओपोले पानोरोमिक आर्क स्क्रिन, एआई–ईन्ह्यान्स्ड थ्रीडी क्यामेरा, सुपर भोक फ्ल्याश चार्जिङ, टीओएफ र थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि जस्ता नव प्रवद्र्धनात्मक प्रविधिहरु सार्वजनिक गरिसकेको छ । 

ओपोले एआईका लागि स्टानफोर्ड युनिभर्सिटी सँग सहकार्यका लागि सहमति गरिसकेको छ भने आन्तरिक रुपमा भविष्यमा विकसित गरिने ५ जी स्मार्टफोनहरुका लागि ५ जीको सफल परिक्षण समेत गरिसकेको छ । 

ओपोको तीव्र बजार वृद्धिका लागि उत्पादनका फिचर्सका साथै अन्य धेरै पक्षको समेत महत्वपूर्ण भूमिका रहेका छन् । हालका वर्षहरुमा ओप्पोले म्यानुफ्याक्चरिङ र हार्डवेयर विकासका लागि आर एण्ड डी र विश्वभरका डिजाइन सेन्टरहरुमा व्यापक लगानी गरेको छ । सफ्टवेयरको क्षेत्रमा कम्पनीको कलरओसले सदाझैँ सहज र प्रयोग मैत्री अनुभव प्रदान गर्दै आइरहेको छ । यसको पुष्टि कम्पनीद्वारा वैश्विक स्तरमा हाल सम्म दर्ता गरिएका ३२ हजार प्राविधिक प्याटेन्टले गरेको छ । 

हालसम्म ओपोले ३० भन्दा बढी देश र क्षेत्रमाप्रवेश गर्दै ४ लाखभन्दा बढी बिक्री केन्द्र सञ्चालनमा ल्याइसकेको छ । मार्केटिङ र बिक्रीका लागि ओपोले आफ्ना लक्षित उपभोक्ताका रुपमा यूवासँग खेलकुद, फेशन, चलचित्र, गेमिङ लगायत अन्य विभिन्न लोकप्रिय माध्यम मार्फत् निरन्तर सम्बन्ध र सञ्चार स्थापितगर्दै आइरहेको छ । एफसी बार्सिलोना, भारतिय राष्ट्रिय क्रिकेट टिम, भिक्टोरियाज् सेक्रेट फेशनशो र अमेरिकाज् नेक्स्ट टप मोडल लगायतसँग सहकार्य गरिसकेको छ । 

यी सबै माध्यमबाट यूवा प्रयोगकर्ता सम्म कम्पनीले सफल सम्पर्क स्थापित गर्दै मोबाइलका बारेमा राम्रो जानकारी उपलब्ध गराई रहेको छ । यो रणनीति कम्पनीका लागि धेरै भन्दा धेरै यूवामाझ पुग्न सफल प्रमाणित हुँदै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *