नेपाल आउँदैछन् ‘गङनम स्टाइल’ का गायक ?

कात्तिक २९, काठमाडौँ । रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक ‘साई’ अर्थात पार्क जेई साङ कन्सर्टका लागि नेपाल आउने भएका छन् । 

गायक साईले डिसेम्बर १५ तारिखमा खुमलटारस्थित सातदोबाटोको रेडियो ग्राउण्डमा हुने ‘पीएसवाई विथ के पप लाइभ इन नेपाल’ कन्सर्टमा आफनो प्रस्तुती देखाउने छन् । 

नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा साउथ कोरियन गायक, र्यापर तथा रचनाकार साई सहभागी हुने भएका हुन् । 

null

५ घण्टा अवधीको यो कार्यक्रममा नेपालका चर्चित पप गायक दीपक बजार्चायको पनि सहभागीता रहने छ भने हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले पनि आफ्नो प्रस्तुति दिनेछन् । 

पछिल्लो समयमा उनको ‘मनमगन’ गीतले बजार निकै तताइरहेको छ । यो गीत नेपाली भाषामा मात्र नभई हिन्दी भाषामा समेत रिमेक गरिएको छ । 

कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् । 

कन्सर्टमा साई र दीपकसँगै कोरियाका चर्चित ब्याण्ड बीएपी, एसएफ नाइन, एओए, मेमोल्याण्ड, बेरी गुड, बड्किजले आफ्नो प्रस्तुती राख्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *