भाजपा र काँग्रेसबीच भिडन्त : गोली लागेर चार जनाको मृत्यु

एजेन्सी । भारतस्थित पश्चिम बंगालमा लोकसभा चुनावका बेलादेखि सुरु भएको हिंसात्मक घटना अझै रोकिएको छैन । परगना जिल्लामा शनिबार बेलुकी भारतीय जनता पार्टी भाजपा र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ३ तथा तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको छ । 

 

तीन जना घाइते भएका छन् । पुलिसले यसबारेमा केही बोलेको छैन । भाजपाका प्रदेश महासचिव सायन्तन बसुले तृणमूलका कार्यकर्ता सन्देशखली इलाकामा भाजपाको डन्डा निकालेर फ्याँफिरहेको देखेपछि त्यसलाई रोक्न जाँदा गोली चलेको बताएका छन् । 

null

उनको दावी छ कि थप दुई जनाको पनि मृत्यु भएको खवर आए पनि शव अझै भेटिएको छैन । घटनाको जानकारी गृहमन्त्री अमित शाहलाई दिइसकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *