सडक मर्मतमा ढिलाई हुँदा दुर्घटनाको जोखिम बढ्दै

कात्तिक २७, कैलाली । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरीया गाउँपालिकाको मुख्य बजार सडकपुर बौनियामा सडक मर्मतमा ढिलाई हुँदा दुर्घटनाको जोखिम बढेको छ । सडकको बिग्रदो अवस्थाका कारण मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारी साधनहरु बढी प्रभाबित भएका छन ।  

सडकमा खनिएको खाल्डोमा पानी समेत भरीने गरेको छ । सवारी साधनले छल्काउने पानीले पैदल यात्रु समेत मर्कामा पर्ने गरेका छन । सडकको मध्य भागदेखि छेउसम्म खनिएको छ । यस्ले गर्दा ठुला सवारी साधनलाई आवागमन गर्न बाधा पुगेको छ भने तिब्र गतीमा मोटरसाईकल, अटो रिक्सा चलाउनेहरुको लागि ज्यानै जाने सम्मको जोखिम छ ।  

सडकको यस्तो अवस्थाका कारण उक्त ठाउमा थुप्रै मोटरसाईकल दुर्घटना समेत भईसकेको स्थानिय ब्यापारी जंजिर चौधरीले बताए । अहिले सडकमा गुडने सवारी साधनहरुको चाप निकै बढेको छ । राम्रो अवस्थामा रहेको सडकले नै सवारीको चाप थेक्न नसकिरहेको अवस्थामा आधा सडक खनेर खाल्डो पारेपछि झनै समस्या निम्त्याएको छ । धेरै चहलपहल हुने मुख्य बजारमा सडकको यस्तो अवस्था देख्दा पनि सरोकारवाला निकायले सडक मर्मतका लागि सडक डिभिजनलाई दवाब दिन कुनै पहल नगरेको भन्दै स्थानीयहरु दुःखी बनेका छन । 

null

बौनिया बजार ब्यवस्थापन समितीका अध्यक्ष रुपक सुनारले सडक डिभिजन सँग सडक छिटो मर्मतका लागि पटक पटक अनुरोध गरेको र दशै तथा तिहार जस्ता महत्वपुर्ण चाडपर्वले गर्दा सडक मर्मतमा ढिलाई भएको प्रतिक्रिया आएको बताए । सडक डिभिजनले तिहार सकिए लगत्तै मर्मत शुरु गर्ने भने पनि हाल सम्म आफुलाई कुनै जानकारी प्राप्त नभएको उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *