रुदी खोलाको पुल भाँचिएपछि बस दुर्घटना 

पोखरा, १२ साउन । कास्कीको मादी गाउँपालिका–९ र लमजुङको मध्यनेपाल नगरपालिका–८ जोड्ने रुदी खोलाको पुल आज भाँचिएपछि बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएको र एक जना खोलाले बगाएर बेपत्ता भएका छन् । अपराह्न कास्कीको लेखनाथ हुँदै लमजुङको लासोथार गाउँपालिकाको बालुवाबेँसी जाँदै गरेको ना ५ ख ६३९५ नंको बस रुदी खोलाको पुलको जिप भाँचिएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।


घटनालगत्तै प्रहरी टोलीले घटनास्थल पुगी उद्धार एवं थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना चेपिएको अवस्थामा देखिएकाले उद्धारको प्रयास गरिएको मादी गाउँपालिकाका प्रमुख श्याम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा यात्रारत अन्य २५ यात्रुको भोर्लेटारमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *