ठूलो परिमाणमा लागु औषध बरामद

 

जेठ ३, बीरगञ्ज । पर्सा प्रहरीले विशेष सुराकीको आधारमा लागु औषध गाँजा ४ क्विन्टल र चरेश १ क्विन्टल नियन्त्रणमा लिएको छ । 

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोलबाट ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले लुकाई छुपाई राखेको अवस्थामा यती धेरै परिमाणमा लागु औषध गाँजा र चरेश फेला परेका हुन् । 

null

उक्त लागु औषध खोज तलास गर्ने क्रममा शुक्रबार वडा नम्बर ५ देउरिया टोलका घरहरुको सडक र नालामा बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *