११ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

बैशाख ३०, दाङ ।  दाङ प्रहरीले ११ वर्षिय बालिकाको बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।  

 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्य रहेका छन् । पक्राउ परेका आचार्य लाई सरकारी वकिलको कार्यालयमा पेस गरेको प्रहरीले जनाएको छ । 

null

केही दिन अघी नाम नखुलाएकी वर्ष ११ की बालिकालाई बलात्कार गरेको आरोप आचार्यलाई लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ 

पक्राउ परेका उनीमाथी मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको डिएसपी विनोद विक्रम शाहले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *