युनाईडेट गोर्खा एकेडेमी कप छैंठाे भलिबल प्रतियोगिता माघ २ गते देखि हुने

पुस १६, धरान । युनाईडेट गोर्खा एकेडेमीको धरान १५ को आयोजनामा माघ २ गतेदेखि ५ गतेसम्म छैंठो युनाईडेड गोर्खा एकेडेमी भलिबल कप प्रतियोगिता हुने भएको छ । 

 

प्रतियोगिताकाबारे आज होटल एम एच बीबी क्यु बगरकोटमा आयोजित पत्रकार सम्मेलनमा स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले सो कुराको जानकारी दिएका हुन् । उनले विद्यार्थीको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तरता, विद्यार्थी–विद्यार्थी बिचको सम्बन्ध प्रगाढ , स्वस्थ बनाउन, बिभिन्न कुलतबाट जोगाउन र पढाइप्रति लगाव बढाउनुका साथै खेलकुद विकासमा टेवा र्पुयाउने उदेश्यले प्रतियोगितालाई निरन्तरता दिइरहेको बताए। 

null

सुनसरीको धरान, तरहरा, ईटहरी लगायतका विद्यार्थीहरूको सहभागिता रहने प्रतियोगितामा छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम गरी कुल २५ टिमको सहभागिता रहने छ। जहाँ युनाईटेड गोर्खा ऐकेडेमी धरान ,पूर्व क्षेत्रिय प्रहरी स्कुल, डिपोट उच्च मा बि, समिट हाई स्कुल, लिटल फ्लावर स्कुल, ज्ञान दर्पण एकेडेमी, हाम्रो ईङ्गलिस बोर्डिङ स्कुल ईटहरी, तरहरा मोडेल स्कुल तरहरा, सेक्रेट हार्ट स्कुल ईटहरी, नमूना एकेडेमी, पिस जोन स्कुल, युरेका, हिमशिखर, भिक्टोरी, पूर्वाञ्चल बोर्डिङ स्कुल , लोटस बिद्या बिहार धरान १३ लगायतका विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश १५ हजार, १२ हजार र १० हजार नगद पुरस्कारका साथै शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, छात्र र छात्राको बिधागत तर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भरलाई जनही १२ सयका दरले पुरस्कृत गरिने छ। प्रतियोगितामा करिब १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *