हावाहुरीबाट विस्थापित परिवारलाई सहयोग गर्न काठमाडौँबाट निस्किए धुुर्मुस

 

चैत १८, काठमाडौँ । हास्य कलाकार तथा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बारा र पर्साको समाचारले आफूलाई बेचैन बनाएको बताएका छन् । 

आइतबार साँझको हावाहुरीले बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको थियो भने ६ सय बढी घाइते भएका थिए । सोही खबरले आफूलाई बेचैन बनाएको भन्दै धुर्मुसले दुःख व्यक्त गरेका हुन् । 

null

उनले फेसबुकमा लेखेका छन्, ‘आँधी हुरीले तराईमा तहसनहस गरेको समाचारले बेचैन बनाएको छ । ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली, घाउचोट लागेकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवार प्रति धैर्य धारणको शक्ति मिलोस् ।’ 

सहयोगका लागि काठमाडौंबाट बारा र पर्साका लागि निस्किसकेको पनि धुर्मुसले जानकारी गराएका छन् । ‘सहयोगका लागि काठमाडौँबाट निस्किसकेको छु । अनि सम्झिरहेछु, दिनेश अधिकारी ज्यूका शब्दः पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’, धुर्मुसले फेसबुकमा लेखेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *