सेनाको आयोजना र बिराट मेडिकलको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा २ हजारलाई सेवा

फागुन ९, विराटनगर । महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेकको आयोजना र बिराट मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनपालथान ३ सोराभागस्थित शिवशक्ती मा.वि मा स्वास्थ शिविर सम्पन्न भएको हो । 

बिहिवार आयोजना भएको शिविरमा २ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । सुर्य दल गणका गणपति रघुनाथ पौडेलको अध्यक्षतामा प्रमुख अतिथि पुर्वी पृतना हेट्क्वाटरका पृतनापति  अनन्त  कार्की, साथै धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, २ नम्बर बाहनीका बाहिनीपति यम बहादुर ढकाल, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतका उपस्थिति रहेको थियो । 

शिविरमा फिल्ड एम्बुलेन्स गुल्म इटहरीबाट प्रा. म. से डा. सरिता के सि,  प्रा डा. सरोज कुमार यादव साथै विराट मेडिकल कलेज शिक्षण अस्पतालको तर्फबाट सर्जरीमा डा. निशेस सिटौला, गाईनोका लागि डा. निता मण्डल, बालरोग विशेषज्ञ संजय कुमार शाह, जनरल फिजिसियन डा. ज्योतिष चन्द्र झा, डमाटोलोजी (छाला तथा यौन रोग) विशेषज्ञ डा. कृष्ण झा लगायतले स्वास्थ्य जाँछ गरेका थिए । भने विराट मेडिकल कलेज शिक्षण अस्पतालमा ७ औं सेमिस्टरमा अध्ययनरत एमविविएसका विद्यार्थीहरुले सर्पदंस, महिलाहरुका लागि प्याड कसरी प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा कसरी ध्यान दिने लगायतका जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो । 

शिविरमा  स्त्रीरोग ,नाक  कान घाँटी,बाल रोग हाडजोर्नी तथा  जनरल मेडिकल,  उपचार लगायतकोे  सेवा प्रदान गरिएको थियो । सो शिविरमा  कोशि अञ्चल अस्पताल बिराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल बिराट आँखा अस्पताल लागायत १४ बटा अस्पतालहरुको सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । शिविरमा बिरामिलाई निःशुल्क औषधि वितरण गरिएको थियोे । 

शिविरसंगै श्री न १  बिपत ब्यवस्थापन गण सुन्दरीजल काठमाडौंका हुद्दा कृष्ण खड्काको टोलिले बिपत प्रतिकार सम्बन्धि डेमो प्रदर्शन गरेका थिए ।  गाउँ घरका  सबै घरहरूमा ग्यास चुलो भएता पनि  त्यसबाट आइपर्ने  आपतकालीन   अप्रिय घटना   हुने भएको हुनाले यसबाट कसरी बच्ने भन्ने बारेमा प्रयाक्टिकल समेत गरेर देखाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *