जलाउन लागिएको महिलाको शव नियन्त्रणमा

माघ २, मोरङ । मोरङको विराटनगरस्थित सिंघिया खोलाघाटमा जलाउन लागेको महिलाको शवलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 

बिहीबार महानगरपालिका ८ भलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव जलाउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार मृतकका माइती पक्षले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा उजुरी दिएपछि शवलाई नियन्त्रणमा लिएको हो ।   

शव जलाउने क्रममा घाँटीमा डाम देखिएपछि पोस्टमार्टमका लागि नियन्त्रणमा लिएको प्रहरीले बताउको छ । घाटमा पुर्‍याएर चितामा राखिसकेको शव प्रहरीले पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *