‘आणविक भट्टी निजी क्षेत्रलाई दिनु भनेकाे नेपाल सिध्याउनु हो’

 

असार १५, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले आणविक भट्टी निजी क्षेत्रलाई दिन नहुने बताएका छन् । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले आणविक भट्टी नीजि क्षेत्रलाई दिन नहुने धारणा राखेका हुन् । 

null

नेकपा सांसद देव गुरुङले यसमा जोखिम भएको भन्दै यो नेपाल रहने कि नरहने भन्ने विषयसँग जोडिएको बताए । 

उनले भने, ‘विकसित मुलुकहरुले आणविक भट्टी आफ्नो मुलुकमा खोल्न चाहेनन्। बरु तेस्रो विश्वमा खोल्नका लागि प्रोत्साहन गरिरहेका छन्। किनभने यसमा जोखिम छ । यस्तो अवस्थामा नेपालजस्तो मुलुकले युरोनियम उत्पादन र बिक्री गर्ने प्रक्रियामा जाँदा नेपाल बच्छ कि बच्दैन ?’ 

उनले आणविक भट्टी र अस्त्र तयार गर्ने र त्यो पनि निजी क्षेत्रलाई दिने कुराको विरोध गरे । यस्तो विषय नेपाल सिध्याउने कुरा भएको उनको भनाइ छ । 

यस्तै सांसद सांसद दिव्यमणि राजभण्डारीले उक्त विधेयक कसैको भेस्टेड इन्ट्रेस्टबाट आएको भन्दै यसबाट तर्सिनुपर्ने धारणा राखे । 

सांसद खगराज अधिकारीले भने सांसद दिव्यमणिको धारणाको प्रतिवाद गर्दै यसलाई नराम्रो नजरले हेर्न नहुने बताए । 

‘हामीमा आएको जागरणपछि विधेयक नै भेस्टेड इन्ट्रेस्टबाट आयो भनियो भने त्यो जागरणलाई पनि त्यही जवाफ फर्काइयो भने कहाँ पुगिन्छ होला । हामीले राम्रै काम गर्दा पनि भेस्टेड इन्ट्रेस्ट भन्ने आरोप लाग्ने भयो,’ अधिकारीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *