सुनको मूल्य आकाशियो, तोलाको ७८ हजार भन्दा बढी
मकालु खबर
२०७६ फागुन ९ गते
फागुन ९, काठमाडौँ । आज साताको अन्तिम शुक्रबार दिन सुनको मूल्यमा बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कायम भएको छापावाल सुन आज प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी महासंघका अनुसार बिहिबार प्रतितोला ७७ हजार ३ सय रुपैयाँ कायम भएको तेजाबी सुन पनि आज प्रतितोला ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । बिहिबार प्रतितोला ९ सय १५ रुपैयाँले बिक्रीबितरण भएको चाँदीको मूल्य आज पनि सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।
मकालु खबर
२०७६ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित