रोजगारीको सुर्वण अवसर : खाने होइन त स्थायी जागिर ?

माघ १०, काठमाडौं । नेपाल टेलिभिजनले स्थायी दरबन्दीमा ९७ जना कर्मचारी माग गरेहको छ । शुक्रबार विज्ञापन आह्वान गर्दै सरकारी लगानीमा रहेको नेपाल टेलिभिजनले वरिष्ठ समाचार सम्पादकदेखि प्रशासनतर्फका सहायकसम्ममा जनशक्ति ९७ जना कर्मचारी माग गरेको हो । 

नेपाल टेलिभिजनले शुक्रबार एक सूचना प्रकाशित गर्दै ०७६ फागुन १ गतेसम्म दरखास्त दिने आह्वान गरेको छ । 

त्यस्तै जागिरका लागि आकर्षक मानिने नेपाल आयल निगम लिमिटेडले पनि शुक्रबारै स्थायी सेवाका लागि कर्मचारी आह्वान गरेको छ । निगमले तह ८ को प्रबन्धकदेखि बाउजर अपरेटरसम्मका ४८ पदमा कर्मचारी मागेको हो । 

त्यस्तै  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले पनि स्थायी सेवाका लागि चिकित्सकको दरखास्त आह्वान गरेको छ । केन्द्रले रजिष्टार कार्डियाक सर्जरी, सर्जरी कार्डियोलोजी, वरिष्ठि स्टाफ नर्सलगायत पदमा दरखास्त आह्वान गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *