धरानका प्रख्यात डाक्टर ज्ञान बहादुर श्रेष्ठकाे निधन

 

चैत्र २४, धरान । धरानमा प्रख्यात जनरल मेडिसिन डाक्टर ज्ञानबहादुर श्रेष्ठको निधन भएको छ । धरान ७ बुद्धमार्ग स्थित आफ्नै घरमा डा. श्रेष्ठको आज बिहान निधन भएको हो । डा. श्रेष्ठले आफ्नै घरमा क्लिनिक चलाएका थिए । डाक्टर श्रेष्ठको ७५ बर्षको उमेरमा निधन भएको हो । 

डा.श्रेष्ठको आज बिहान करिब ८ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भएको थियो । डा.श्रेष्ठको आजै धरान स्थित खत्रीधारामा अन्त्येष्टी गरीएको छ । 

null

डा.श्रेष्ठका छोराहरु डा. निकेश श्रेष्ठ धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदै केहि महिना अघि मात्र विराटनगरको एक निजी अस्पतालमा गएका थिए । उनकी बुहारी डा. शैलजा प्रतिष्ठानमा नै कार्यरत छिन् । अर्का छोरा भने अमेरिकामा रहेको पारिवारिक स्रोतले जानकारी दियो । 

डा. श्रेष्ठको निधनले धरानले मृदुभाषी र चिकित्सकीय गुण भएका राम्रा डाक्टर गुमाएको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *