आन्द्राभुँडी बाहिर निस्केका बालकको नेपालमै सफल शल्यक्रिया
मकालु खबर
२०७६ साउन २५ गते
साउन २५, सप्तरी । दुर्घटनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको सफल शल्यक्रिया गरिएको छ । बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
घरको छतबाट चिप्लिएर आलम बाँसघारीमा खसेका थिए । डा.राजीव मिश्रा, डा.पारसमणि साह, डा.शशाङ्क यादव, डा.गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन् ।
शल्यक्रिया गर्न चार घण्टा लागेको डा.मिश्राले बताए । फाइल तस्बिर
null
मकालु खबर
२०७६ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित