निर्मला हत्या प्रकरण : आन्दोलनत अधिकारकर्मीसहित आठ जना पक्राउ

माघ २८, महेन्द्रनगर । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत आठ जनालाई प्रहरीले पक्राउ गरको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा धर्नामा बसेका अधिकारकर्मी तथा घाइतेहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।   

जिल्ला प्रशासन कार्यालयमा आउने जानेलाई असहज परिस्थित सृजना भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।   

पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ८ जना रहेका छन्। प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *