इसाई धर्म प्रचार गर्दै हिँड्ने अमेरिकी र भारतीयसहित ५ जना पक्राउ
बैशाख १२, दाङ । विभिन्न आर्थिक तथा सामाजिक प्रलोभनमा पारी धर्म प्रचार गरेको आरोपमा एक अमेरिकी र एक भारतीयसहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका, क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्लेलाई पक्राउ गरेको हो ।
null
स्थानीयवासीको उजुरीको आधारमा घोराहीको होटेल डोकोबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट बा१३प ३१९६ नम्बरको स्कोर्पियो गाडी, बाइबलका कार्टुन, रकम राखिएका खाम, लगायतका सामानहरु बरामद गरेको छ ।
पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएकाे छ भने
अमेरिकी महिलालाई संविधान विरोधी काम गरेकोले अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।