कोरोना प्रकोप : जर्मन चान्सलर एन्जेला मर्केल क्वारेनटाइनमा

चैत १०, काठमाडौं । कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ ।   

चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी पनि क्वारेनटाइनमा बसिरहेको उनका प्रवक्ताले बताएका छन् । जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । 

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन् । उनले घोषणा गरेका नियमहरूअनुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन् । अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए । 

एन्जेला मर्केलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारेनटाइनमा बस्ने बताएको छ । शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारेनटाइनमा बस्नुपरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *